झापा, कार्तिक १९ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती झापाको काकरभिट्टामा भब्य रुपमा मनाइएको छ । काकरभिट्टास्थीत देवकोटा पार्क ब्यवस्थापन समितिको आयोजनामा देवकोटा पार्क परिषरमा भएको देवकोटा जन्मजयन्ती समारोहमा महाकविको जीवनीका बारेमा बरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले प्रकाश पार्नु भएको थियो ।
बिहिबार पार्क ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाको सभापतित्व र संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतित्थतामा सम्पन्न देवकोटा जन्मजयन्ती समारोहमा प्रदेश सांसद श्रीप्रसाद मैनाली, राधा थापा, नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, राप्रपा मेचीनगरका अध्यक्ष सबिना बजगाई लगायतले देवकोटाको जीवनबाट सबै नेपालीले प्रेरणा लिन सकिने बताउनु भएको थियो ।
देवकोटा पार्कमा रहेको महाकविको पुर्णकदको सालिकमा अतिथिहरुले माल्यार्पण गरेको कार्यक्रममा डिल्लीराम घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो भने पार्क ब्यवस्थापन समितिका सचिब फडिन्द घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

प्रकाशित मिति:
शुक्रबार, कात्तिक १९, २०७८, ०९:०९:००