झापा, असोज २७ । पत्रकार सन्तोस आचार्यद्वारा लेखिएको रिडर्स गफ पुस्तक मंगलबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । बिर्तामोडस्थीत शिक्षा सहकारी संस्थाको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा मिडिया रिसर्च सेन्टरले प्रकासन गरेको रिडर्स गफको साहित्यकार पुण्यप्रसाद खरेल र लेखक तथा पत्रकार उज्वल प्रसाईले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ झापाका पुर्व सचिव आचार्यले रिडर्स गफ स्तभ्भका रुपमा विभिन्न पत्र पत्रिकामा लेखिएका सामग्री पुस्तकमा राखिएको छ ।
मिडिया रिसर्च सेन्टरका अध्यक्ष पत्रकार तीर्थ सिग्देलको सभापतित्वमा सम्पन्न पुस्तक बिमोचन कार्यक्रममा रिडर्स गफका भाषा सम्पादक जनार्दन दाहाल, पत्रकार तथा साहित्यकार लिला अनमोल, कुमार भट्टराई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
पुस्तक बिमोजन कार्यक्रममा झापाका पत्रकार तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
बुधबार, असोज २७, २०७८, ०७:२६:००