झापा, असोज १९ । विश्वव्यापी रूपमा ६ घण्टा अवरोध भए पछि सामाजिक सञ्चाल फेसबुकको शेयर ४.९ प्रतिशतले घटेको छ । नेपाली समय अनुसार सोमबार राति राति १० बजे देखि फेसबुक सहित ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टासम्म अवरोध भएको थियो । उक्त समयमा फेसबुक कम्पनीका यी तीनवटै सामाजिक सञ्जालहरू वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । ६ घण्टा पछि पुनः सञ्चालनमा आएका थिए । सेवा अवरुद्ध भएपछि अर्बौं सेवाग्राहीहरू प्रभावित बनेका थिए ।
फेसबुकले यसबारेमा ट्विट गर्दै सेवाग्राहीसँग माफी मागेको छ । फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्नो सेवाले शतप्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन ।
फेसबुका थुप्रै कर्मचारीहरूले आन्तरिक गल्तीका कारण सेवा अवरुद्ध भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । यसअघि फेसबुकले २०१९ मा १४ घण्टा लामो अवरोध खेपेको थियो ।
एजेन्सी
प्रकाशित मिति:
मंगलबार, असोज १९, २०७८, ०८:४८:००