झापा, भदौ २९ । तालिबानले महिला विद्यार्थीकालागि नयाँ नियमको घोषणा गरेको छ । नयाँ नियम अनुसार महिला र पुरुष सँगसँगै बसेर पढ्न नपाउने भएका छन् । तालिबानले विश्वविद्यालयलाई लिङ्गको आधारमा विभाजन गरिने र पोषाक सम्बन्धी नयाँ नियमलागु गरिने बताएको छ ।
अफगानिस्तानका उच्च शिक्षा मन्त्री अब्दुलबाकी हक्कानीले महिलालाई पनि अध्ययन गर्न अनुमति दिने सङ्केत गर्नुभयो । तर, नयाँ नियमका साथ मात्रै उनीहरूले अध्ययन गर्न पाउने भएका छन् । उहाँले विद्यार्थीलाई अध्यापन गरिने विषयहरूको बारेमा समिक्षा गरिने पनि घोषणा गर्नुभयो ।
तालिबानले पहिलो पटक १९९६ देखि २००१ सम्म सत्ता सम्हाल्दा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको तालिबान यसपटक भने केही नरम देखिएको छ ।
प्रकाशित मिति:
मंगलबार, भदौ २९, २०७८, ०८:३४:००