काठमाण्डौ, साउन ६ । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारीको तेस्रो चरणको लहरको तयारी स्वरुप सरकारलाई १८ बुँदे सुझाव दिएका छन् । कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै जनस्वास्थ्य विज्ञ डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यवस्थापनका लागि भन्दै १८ बुँदे सुझाव पेश गरेका हुन् ।
उच्च स्तरीय कोभिड–१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन सुझाव दिँदै उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न समेत माग गरेका छन् ।
उनीहरुले १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्ध÷असाहय मैत्री तथा कम भीडभाड हुने गरी खुल्ला ठाउँमा व्यवस्थापन गर्न सुझाव दिएका हुन् । यस्तै अस्पतालको बेड, एचडीयू, आईसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि प्रधानमन्त्री देउवालाई उनीहरुले सुझाव दिएका छन् ।
प्रकाशित मिति:
बुधबार, साउन ६, २०७८, २१:४३:००