झापा, साउन ५ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले विश्वस्तरीय प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अब कुनै पनि रोग पत्ता लगाउन अन्यत्र जानु पर्ने कुराको अन्त्य गर्न अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताउनु भयो ।
सबै प्रकारका जाँच प्रयोगशालामार्फत हुने जानकारी दिँदै अन्यत्र जानु नपर्ने प्रसाईले बताउनु भयो । तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै प्रयोगशालाले रिपोर्ट उपलब्ध गराउँदै आएको छ ।
आधुनिक उपकरणको सहायताले प्रयोगशालाबाट विश्वसनीय र भरपर्दो रिपोर्ट प्राप्त हुने प्याथोलोजिष्ट डाक्टर उज्वल राई बताउनु हुन्छ । शरीरका भित्री अङ्गमा भएका सबै प्रकारका रोगको पहिचानका लागि आवश्यक अत्याधुनिक उपकरण र जनशक्ति अस्पतालमा कार्यरत रहेको कार्यकारी निर्देशक प्रसाईले जानकारी दिनुभयो ।
अस्पतालले स्वचालित मेसिनहरु ल्याएर प्रयोगशाला स्थापना गरेको हो । अत्याधुनिक प्रयोगशालाको अभावमा खास रोग पत्ता नलागेर धेरै बिरामी उपचारबाट वञ्चित हुँदै आएका छन् । अस्पतालमा वायोप्सी लगायतका परीक्षण हुन थालेपछि जटिल रोगका बिरामीले समेत उपचार पाउने भएका छन् ।
प्रकाशित मिति:
मंगलबार, साउन ५, २०७८, ०९:४६:००