१६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । राति १२ः४५ मा सुरु हुने यी दुई टोलीबीचको खेलमादुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।
इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति १२ : ४५ मा सुरु हुनेछ । इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रकाशित मिति:
मंगलबार, असार २२, २०७८, ०९:०२:००