झापा, असार १९ । भारत सरकारले गर्भवती महिलालाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने अनुमति दिएको हो । सरकारको अनुमतिपछि अब गर्भवति महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन सक्ने छन् ।
स्वास्थ्य मन्त्रालयले हिजो नेशनल टेक्नीकल एडभाइजरी ग्रुप अन इम्यूनाइजेशन (एनटीएजीआई) को सिफारिसलाई पनि स्विकृति दिएको हो । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गर्भवती महिलाले अब कोविन ऐपमा पञ्जीकरण गरेर वा सिधै नजिकैको खोप केन्द्रमा गएर कोरोना खोप लगाउन सक्ने बताएको छ । नयाँ नियम अनुसार अब गर्भवती महिलाहरुले कुनैपनि गर्भावस्थामा कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन् ।
प्रकाशित मिति:
शनिबार, असार १९, २०७८, ०९:२८:००